धरान: चर्चित सञ्चारकर्मी एवं म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ । उनको आज शनिबार बिहान करिब सवा २ बजे निधन भएको हो ।

धरान निवासी श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए । उनी म्युजिक भिडियोमार्फत नयाँ नयाँ प्रयोग गर्थे भने म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान पनि बनाएका थिए । ४५ बर्षी श्रेष्ठ उनी मोटर न्यरोड डिजिट नामक रोगले ग्रस्त थिए ।Untitled-1 1

धरानबाट पत्रकारिता शुरु गरेका उनी इमेज एफएफको स्टेशन मेनेजर पनि भएका थिए । रेडियो कार्यक्रम तथा प्रस्तोताकारुपमा चर्चा कमाएका श्रेष्ठले आफुलाई म्युजिक निर्देशककोरुपमा पनि स्थापित गरे । उनी पछिल्लो समय श्वासप्रश्वास र मुटुको समस्याले पनि पीडित थिए । श्रेष्ठका एक छोरा, एक छोरी र श्रीमती छन् । श्रेष्ठको आजै काठमाण्डौस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।