मोरङ: तीन दिनदेखि हराइरहेका पथरीशनिश्चरे वडा नं १० का कमल धिमाल जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

पशुपति सामुदायीक वनको बाघे सिमसार क्षेत्रमा उनको शव सड्न लागेको अवस्थामा फेला परेको हो । घाँटीमा नरिवलको डोरी पनि भएको अवस्थामा उनको शव भेटिएको छ । साथै, धिमालको शव रहेको छेउको रुखमा समेत डोरी बाँधिएको छ । त्यसैले उनले आत्महत्या गरेको हुनसक्ने अनुमानसमेत गरिएको छ ।

जंगलमा च्याउ खोज्न गएकाहरुले धिमालको शव देखेका थिए । उनीहरुले नै प्रहरीमा खबर गरेका हुन् । मृतक धिमाल २७ गते शुक्रबार बिहानदेखि घरबाट हराएको परिवारजनले जनाएको छ । बिहिबार राती घरमा नै सुतेका धिमाल शुक्रबार बिहानैदेखि सम्पर्कमा नआएको आफन्तजनहरुले बताएका छन् ।