सुनसरी:सुनसरीको ईटहरी उपमहानगरपालिका ६ स्थित संगीत चोकमा घरको ३ तला माथिबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

आइतवार राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी १७ बर्षीय पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन् । गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो ।

उनको उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।