धरान:बालबालिकाहरुलाई आश्रय दिइरहेको धरान ३ स्थित सरसस्वती बाल आश्रम धरानका बालबालिकले अब पढाई सँगै सीप पनि सिक्न पाउने भएका छन् ।

आश्रममा बुधबार श्रेष्ठ स्वावलम्बन सीप विकास छात्रवृत्ती कोषको स्थापना गरिएको छ । आश्रममा रहेको २४ जना बालकालिकाहरुको पढाईसँगसँगै विभिन्न आयमुलक सीप विकास गर्ने उद्देश्यले उक्त कोषका स्थापना गरिएको आश्रमका सचिव मनिष खड्गीले जानकारी दिए । यो कोष धरान १२ निवासी ८४ वर्षिय चन्द्र प्रसाद श्रेष्ठले स्थापना गरिदिएका हुन् । सीप भए जे गरेर पनि सम्मानजनक जीवन जीउन सकिने भएकोले आश्रमका बालबालिकाको सुन्दर भविश्य लागि आफुले कोषको स्थापना गरेको दाता श्रेष्ठले बताए । नेवार जातीको संस्कार अनुसार ८४ वर्षको उमेरमा गरिने चन्द्ररथारोहण, वृद्ध पास्नि गर्दा लाग्ने खर्च कटैती गरी श्रेष्ठले उक्त १ लाख २५ हजार रकमको अक्षय कोषको स्थापना गरेका हुन् ।

SARSWATIll074-(1)-(1)

अक्षयकोषको व्याज रकमबाट आवश्यकता अनुसार बालबालिकाको सीप विकासका लागि खर्च गर्न सकिने आश्रमले जनाएको छ । श्रेष्ठ स्वावलम्वी सीप विकास छात्रवृत्ति कोषको स्थापना कार्यक्रममा दाता श्रेष्ठले रु १लाख २५ हजार रमकको चेक र सम्झौता पत्र हस्तान्तरण गरेका थिए । आश्रमकी अध्यक्ष श्रीमती नैनकला न्यौपानेले आश्रमको विभिन्न गतिविधिहरु जनकारी गराउदै यस किसिमको सीप सिकाउन सकिने कोषको रकमलाई सदुपयोग गरी बालबालिकालाई स्वावलम्बी वनाउन सकिने कुरामा विश्वास व्यक्त गरिन् ।
कोषको स्थापना गर्नुपूर्व दाता श्रेष्ठले प्रदान गरेको रकमबाट २ जना आश्रमकी छात्राहरुले सिलाई कटाईको तालिम लिईरहेको छ । आश्रमको संचालन, व्यवस्थापन र विकासका लागि विभिन्न दाताहरुले सहयोग गरिरहेका छन् । आश्रित बालबालिकाको दैनिक खानाको लागि ईच्छुक दाताहरुलाई आनुरोध समेत गर्दै आएकाको छ ।