धरान:स्कुटी चोरी गर्ने एक युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा धरान १८ का १८ बर्षीय अर्जुन श्रेष्ठ रहेका छन् ।

बुधबार राती ११ बजेको समयमा को २६ प ३५८१ नम्बरको स्कुटर धरान १५ का मेमराज राईको घरको कम्पाउण्डमा पार्किङमा राखेको स्कुटर चोरी गरी उनी फरार भएका थिए । स्कुटी धनी राईले दिएको निवेदन पश्चात प्रहरीले खोजी कार्यलाई तीब्रता दिएको थियो ।

खोजीकै क्रममा विहीबार विहान ७ बजेको समयमा चोरी गरेको स्कुटर इटहरीतर्फ लादै गरेको अवस्थामा धरान ८ तीनकुने चेकपोष्टमा खटिएका प्रहरीले प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानमा डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । प्रक्राउ परेका श्रेष्ठलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।