धरान: प्रहरीले धरान १५ स्थित निराजन बस्तीबाट लागुऔषध बेचबिखन गर्ने एक युवालाई पक्राउ गरेको छ ।

लागुऔषध बेचबिखन भइरहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले बिहिबार दिउँसो करिब ५ बजे निराजन बस्तीबाट २३ बर्षीय रोशन बोगटीलाई पक्राउ गरेको हो । सुचनाको आधारमा प्रहरी टोली निराजन बस्ती पुग्दा शंकास्पद अवस्थामा रोशन फेला परेपछि चेकजाँचको क्रममा झोलाबाट अवैध लागुऔषध वरामद भएको प्रहरीले जनाएको छ ।

उनको झोलाभित्र अवैध लागुऔषध स्पास्मो प्रोक्सिभन प्लस ३९ क्याप्सुल फेला पारेको थियो । वोगटीलाई लागुऔषध मुद्दामा आज सुनसरी जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।