धरान(डेस्क) : उदयपुरको कटारी नगरपालिका १० को थुम्की भिरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नर बहादुर खड्का कटारी नगरपालिका ९ मा रहेको छोरीको घरमा भएको बिवहको कार्यक्रममा सहभागी भई आज शनिबार दिऊँसो घर फर्कने क्रममा उक्त भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

दिउँसो ३ बजेको समयमा उक्त भिरबाट करिव २०० मिटर तल एक व्क्ति मृत अवस्थामा रहेको भन्ने स्थानीयवासीले खबर गरेसंगै तत्काल ईलाका प्रहरी कार्यालय कटारीबाट खटि गएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाएको तथा अन्य थप अनुसन्धान जारी रहेको उक्त कार्यालयले जनाएको छ ।