धरान(डेस्क) : झापाबाट काठमाडौंतर्फ जादैँ गरेको बस आज आइतबार विहान त्रिशुलीमा खसेको छ ।

धादिङको गजुरी–६ बाट यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारर्ले जानकारी दिए । हालसम्म बसको नम्बर खुलेको छैन । बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको हो भन्ने बारेमा पनि यकिन नभएको बैदवारले बताए ।

प्रहरी घटनास्थल पुगी मृतक र घाइतेहरुको खोजी तथा उद्धार कार्य सुरु गरिरहेको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।