मिक्लाजुङ  : मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा हत्या भएका मृतकहरुको शव उठाइएको छ ।

काठमाण्डौबाट आएको सिबिआईको बिषेश टोली पुगेपछि शव उठाउने कार्य सुरु भएको छ । शवलाइ पोष्टर्माटमको लागी बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान लगिने तयारी गरिएको घटनास्थलमा रहेका पत्रकार सरोज शर्माले जानकारी दिए । मिक्लाजुङ ३ आरुबोटेमा गए राती ९ जनाको हत्या भएको छ । मिक्लाजुङ ३ आरुबोटे को वडा कार्यलय छेउमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको परीवारको हत्या भएको छ । हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सिकुमारी फियाक बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् ।

hatya-paththar

९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मानबहादुर को शव घटनास्थल भन्दा २ घन्टा टाढा रहेको मिक्लाजुङ ७ लिम्बामा एक रुखमा झुन्डीएको अवस्थामा फेला परेको थियो । उनको शवरहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिडा उनैले हत्या गरेका हुन कि भनेर आशंका गरिएको छ ।

मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ ।  मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ ।

http://phidimtoday.com बाट