धरान । धारिलो हतियारसहित धरान-१५ बगरकोटबाट दुई यूवालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–१५ का २२ वर्षिय विनय रानामगर र २२ वर्षकै गजु गुरुङ रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले कट्टी थान १, खुकुरी थान २ फेला पारेको प्रहरीले जनाएको छ । धारिलो हतियार बोकेर होहल्ला गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका धरानको सञ्चार शाखाले जनाएको छ ।

पक्राउ परेका रानामगर र गुरुङलाई अभद्र व्यावहारमा मुद्धा दर्ता गरी हिरातमा राखि थप अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ ।