इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले बुधबार कर्मचारी कुटेको बिषयलाई लिएर बिहीबार इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले कार्यालय बन्द गरेर आन्दोलन गरे ।

बुधबार मेयर चौधरीले इटहरी १९ का वडा सचिव मनोज दाहाल र उपमहानगरपालिकाका सव ओभरसियर राम कुमार खड्कामाथि दुव्र्यवहार गरेका थिए । खड्कालाई बुधबार विहान घुस लिएको भन्दै घोत्र्याएर नगरपालिकाको गेटबाट बाहिर निकालेका थिए भने वडा सचिव दाहाललाई नगरपालिका परिसरमै उनको कार्यकक्षमा बोलाएर सीसी टिभी बन्द गरेर कुटपिट गरेको आरोप लागेको छ । ‘यि कर्मचारी सबै भ्रष्ट हुन्’ भन्दै मेयरले हातपात गरेको आरोप लागेको छ ।

इटहरी उपमहानगरपालिकाका नायव सुब्बा सुरेस कार्कीका अनुसार बुधबार कर्मचारी कुटपिट गरेपछि आन्दोलनमा उत्रिएको बताए । ‘हामीले आन्दोलनको कार्यक्रम हिजै घोषणा गरेका हौँ, आज कार्यालय बन्द गरेर आन्दोलन गर्यौँ । भोलीबाट सेवा दिने काममा सुचारु गर्नेछौँ ।’ उनका अनुसार कर्मचारीहरुले भ्रष्टाचार गरेको प्रमाण भएमा कारबाही गर्ने आधिकारिक निकाय हुँदा हुँदै पनि हातपात गरेर दुव्र्यवहार गर्नु निन्दनीय रहेको बताए । ‘उनले प्रमाण बिनै हातपात गर्यो, प्रमाण भेटिए अहिले पनि कारबाही गर्दा हुन्छ,’ उनले भने, ‘अख्तियारले पनि छानबिन गर्दा हुन्छ, तर मेयरले नै हातपात गर्नु दुःखद् छ, हामीले आज सिडिओ साबलाई पनि ज्ञापन पत्र बुझाएका छौँ, कर्मचारीको पनि सुरक्षा हुनुप¥यो ।’

मेयर चौधरी बिहीबार कार्यालय परिसरमै देखा परेनन् । उनले बुधबार नै प्रतिक्रिया लिनका लागि जाँदा पत्रकारमाथि पनि दुव्र्यबहार गरेका थिए । यस बिषयमा बुधबारदेखि नै बुझ्न सम्पर्क गरेको भएपनि उनी सम्पर्कबाहिर छन् ।

यता घटना भईसकेपछि इटहरीका वडाध्यक्षहरु बैठक बसेका छन् । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले विधान विपरीत घटना भएको भएपनि यसलाई परिस्थिति बुझेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘घटना घट्नु अत्यन्त दुःखदायी छ, हामी मेयर साबको परिस्थिति बुझ्ने प्रयासमा छौँ, उहाँसँग सम्पर्क भएको छैन ।’ उनका अनुसार बिहीबार मेयर सँगै बैठक बस्ने भएको भएपनि मेयर नगरपालिका परिसरमा उपस्थित नभएका कारण बैठक बस्न नसकिएको बताए । भ्रष्ट कर्मचारी जो कोही भएपनि आवश्यक छानबिन गरेर विधान अनुसार कारबाही गर्नुपर्नेमा उनको जोड थियो ।

बुधबार साँझ नै कर्मचारीहरुले ईलाका प्रहरी कार्यालय इटहरीमा असुरक्षा बढेको भन्दै मेयर चौधरी विरुद्ध जाहेरी दिएका थिए । ‘केस फारम भर्नुपर्छ, हामीसँग सम्बन्धि मुद्दा हो कि होईन, फाइल नै छोडेर उहाँहरु हिड्नुभएको छ,’ ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले भने, ‘पीडित आउनुभएकै छैन, उहाँहरु आएपछि मात्र सबै कुरा अगाडि बढ्छ ।’