पथरी:पथरी ईलाकाका प्रहरी सहायक निरिक्षक उत्तम कटुवाल बैशाख महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन् ।
अपराध अनुुुसन्धानमा प्राविधिक रुपमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई बैशाख महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषणा गरेको हो । पुरस्कृत कटुवाल ईलाका प्रहरी पथरीमा घटनास्थल अधिकृतका रुपमा कार्यरत रहेका छन् । कटुवाल ईलाका प्रहरी कार्यालयबाट उत्कृष्ट प्रहरीको सुचिमा पर्ने पहिलो प्रहरीसमेत बनेका छन् । कटुवालका साथै ईलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी जवान विनोद कार्की पनि बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषीत भएका छन् ।
ईलाका क्षेत्रमा हुने गरेका अपराधिक कृयाकलापहरुको छानबिनमा उल्लेख्य योगदान पु¥याएको, चोरी तस्करी, लुटपाट, समाजमा हुने सामाजिक विकृती नियन्त्रण गर्न भुमिका खेलेको भन्दै उनी उत्कृष्ट प्रहरी भएका हुन् । कटुवालकै कार्यक्षमताका कारण विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा दरवन्दी रहेका कटुवाल २०७४ चैतमा ईलाका प्रहरी कार्यालय पथरीमा आएका हुन् ।
कटुवालले गत बैशाख १७ गते स्थानिय पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० मनकामना टोल बस्ने अन्दाजी ६५ वर्षीया पूर्णिमा विश्वकर्मालाई ठक्कर दिने सवारी र चालकलाई ७ दिन पछि नियन्त्रणमा लिन सफल भएका थिए । प्रहरीले दुर्घटना भएको एक सातापछि ठक्कर दिने को ३४ प ९२१५ नम्बरको मोटरसाईकल र चालकलाई विराटनगर–११ बाट बैशाख २४ गते नियन्त्रणमा लिएको थियो ।