भद्रपुर : झापा कारागारमा रहेका २३ जना बन्दीहरू कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा एक महिला र २२ जना पुरुष कारागारमुक्त भएको झापा कारागार कार्यालयले जनाएको छ ।
राज्यले तोकेको नौ वटा मुद्दामा नपरेको, असल चालचलन भएको, पचास प्रतिशत कैद भुक्तान गरिसकेको, अदालतले तोकेको क्षतिपूर्ति, बिगो र जरिवाना बुझाइसकेका व्यक्ति कारागारमुक्त भएको कारागारले जनाएको छ ।
कारागारमा महिला एक सय एक जना र पुरुष एक हजार २४ जना रहेका छन् ।