धरान(डेस्क) : ओखलढुङगाको चम्पादेवी गाउपालिका २ नवलपुर ढाँट नजिकको बाटोबाट लडेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बुधबार राती साढे ११ बजेको समयमा मामा र भानिज नाता पर्ने सोही गाउपालिका ७ बस्ने ४८ वर्षीय रुद्र बहादुर थापा र सोही गाउपालिका ३ बस्ने ३२ वर्षीय दिपक बुढाथोकी खसी किन्न भनि गाउँ तर्फ हिडदै गएर आउने क्रममा अचानक बाटोबाट २५ मिटर तल खस्दा रुद्र बहादुर थापाको टाउकोमा गम्भिर चोट लागि घटनास्थलमै मृत्यु भएको थियो भने दिपक बुढाथोकीको डाँढमा चोट लागि गम्भिर घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि सिन्धुली खुर्कोट स्थित सुभजिवन अस्पताल पठाइएकोमा उपचार हुन नसकेपछी थप उपचारको लागि बिहीबार काठमाण्डौ लगिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।