झापा: सिकिस्त बिरामीलाई तत्काल अस्पताल पुर्याउने अधिकांश एम्बुलेन्स आफै बिरामी छन् भन्दा अचम्म लाग्न सक्छ । मानवीय सेवाका लागि भन्दै राजस्व छुटमा खरीद गरिएका कतिपय एम्बुलेन्स बर्षौ पुराना छन् । एम्बुलेन्सका नाममा ‘साइरन’ बजाउँदै गुड्ने अधिकाशं गाडीमा न्यूनतम पूर्वाधारसमेत छैन ।

एम्बुलेन्स सम्बन्धि निर्देशिका २०७३ ले ‘क’, ‘ख’ र ‘ग’ मा बर्गीकरण गरेर त्यसअनुसार हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर, सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्स मापदण्ड अनुसारका छैनन् । सर्वसाधारण सहरी क्षेत्रमै पनि भन्ने वित्तिकै एम्बुलेन्स नपाइने र पाए पनि तिनमा सामान्य पूर्वाधार पनि नहुने बताउँछन् ।

एम्बुलेन्सको मापदण्डमा के के कुरा उल्लेख गरिएको छ त ?

– ‘क’ वर्गका एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग हुने औषधी, उपकरण र स्वास्थ्यकर्मी

– चालकमा स्वास्थ्यसम्बन्धि आधारभूत तालिम

– राष्ट्रिय प्रदुषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको

– एम्बुलेन्सको पहिचान हुने गरी आवाज (साइरन), निलो रंगको संकेत बत्ती

– फोर ह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम

– संस्थाको टेलिफोन नम्बर अंग्रेजी र नेपाली भाषामा

तर झापामा सञ्चालित अधिकांस एम्बुलेन्सले यो न्यूनतम मापदण्ड समेत पुरा गरेका छैनन् । एम्बुलेन्स पुराना र मापदण्ड बिपरित हुँदा समयमा अस्पताल पु¥याउन नसक्दा कतिपयको बाटोमै ज्यान समेत जान्छ । एम्बुलेन्स अन्तराष्ट्रिय मापदण्ड अनुसार भए सिकिस्त बिरामीको बाटोमै हुने मृत्युदर कम गर्न सकिने विज्ञको भनाइ छ । तर, अपवाद बाहेकका एम्बुलेन्स मापदण्ड अनुसारका छैनन् ।

Untitled-2 4

पछिल्लो समय सामान्य गाडीलाई एम्बुलेन्स भन्दै सञ्चालन गर्ने प्रबृत्ति मौलाएको छ । तर, तिनले मापदण्ड पूरा गरेका छन÷छैनन् भन्नेमा न सञ्चालक सचेत छन् । न सरकारी निकायले नै नियमन गर्ने गरेको छ । अधिकांश एम्बुलेन्स मापदण्ड बिपरीत रहेको स्वीकार्ने सरकार तिनलाई सुबिधा सम्पन्न र ब्यबस्थित बनाउने दावी त गर्छ तर, त्यसअनुसार कडाई वा कार्यान्वयन भने गर्दैन । एम्बुलेन्सले मापदण्ड मात्रै पूरा गरिदिए पनि आकस्मिक उपचार आवश्यक पर्नेमध्ये ४० प्रतिशतले अकालमा ज्यान नगुमाउने चिकित्सकहरु बताउँछन् ।

बल्छी थाप्दै एम्बुलेन्स,विरामी बोक्न कमिशनको खेल

एम्बुलेन्स सम्बन्धि निर्देशिका २०७३ ले ‘क’, ‘ख’ र ‘ग’ मा बर्गीकरण गरेर त्यसअनुसार हुनुपर्ने सुविधा तोकिएको छ । यस्तै जुन स्थानका लागि भनेर एम्बुलेन्स दर्ता गरिएको हो सोही स्थानका सेवाग्राहीलाई सेवा दिनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । तर झापामा सञ्चालित अधिकांश एम्बुलेन्सहरु बिभिन्न अस्पताल बाहिर बिरामीका लागि बल्छी थापेर बसेको भेटिने गरेको छ ।

दिनभर अस्पताल अगाडी त्यस्ता एम्बुलेन्सहरु बसेको बिषयमा सरोकारवाला निकायलाई जानकारी गराउदा चाडै अनुगमनमा आउने जवाफ आउने गरेको छ । तर गफैमा मात्र सिमित भईरहेको छ अनुगमन पनि । झापाको दमक, बिर्तामोड लगायतका स्थानमा रहेको अस्पताल अगाडीका सडकमा सडकमै लस्करै एम्बुलेन्सहरु पार्किङ गरेर बिरामी डिस्चार्जको समय कुरेर बसेको पाईने गरेको छ ।

अझ एम्बुलेन्स चालकहरु यहाका अस्पतालले कतै बिरामी रेफर गरेमा बाटैबाट बार्गेनिङ सुरु गर्ने गरेको सेवाग्राहीको गुनासो छ । केही समय अघि दमकका कुमार धिमालले आफ्नी आमा बिरामी भएर दमकको एक अस्पतालमा भर्ना गरे । पछि उपचार सम्भव नहुने भन्दै अस्पतालले बिराटनगरको एक अस्पतालमा रेफर गर्यो । तर बिरामसहित एक एम्बुलेन्समा बिराटनगर हिडेका उनलाई एम्बुलेन्स चालकले अर्कै अस्पतालमा पुर्याए । जहा ती एम्बुलेन्स चालकले बिरामी पुर्याए वापत कमिशन पाउने गरेका छन् ।