उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका १ छुईलामा आज बिहान करेण्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहान करिब साढे ११ बजेको समयमा ३१ बर्षीय गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेको थियो । यो देखे पछि तत्काल मेन स्विच अफ गर्ने क्रममा उनको पत्नी ३० बर्षीय सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार लगिएको थियो ।

गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।