झापा: केही दिनयता दमकमा चोरीको घटना बढेको छ ।

दमक चौंक, वजार क्षेत्रमा दिन दहाडै मोटरसाईकल चोरीको घटनामा वृद्धि भएको हो । साता दिन यता दमकमा विभिन्न ४ वटा मोटरसाईकल चोरी भएको उजुरी परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । चोरी भएका मोटरसाईकलहरु मध्ये एउटा भने दमकको लाइफलाइन अस्पताल आसपासमा वेवारिसे अवस्थामा फेला परेको उनले बताए । दमक चौंक, वजार सबै क्षेत्रमा सिसी क्यामेरासमेत नभएकाले अपराध अनुसन्धानमा समस्या भएको प्रहरी निरिक्षक एक्ेतनले बताए ।

चोरीमा एउटा गिरोह सक्रिय भएको र उनीहरुको खोजतलास तीव्र बनाईएको उनले बताए । दमकसहित आसपासका प्रहरी कार्यालयको समेत समन्वयमा खोजतलास गर्न प्रहरी परिचालित भईरहेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक एक्तेनका अनुसार चोरीको घटना हेर्दा मोटरसाईकलको हेण्डल लक नगरी पार्किङमा छाडेर अन्यत्र जादाँ चोरी भएको पाईएको छ । चोरी हुन नदिन सकेसम्म मोटरसाईकलको हेण्डल लक गर्नु उनले आह्वान गरे ।