धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट अघि आज एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
मृतकको साथबाट विपी प्रतिष्ठानको ओपिडी कार्ड भेटिएको छ । उक्त कार्डको उनको भएको अनुमान प्रहरीको छ । कार्डमा उल्लेख भएअनुसार नाम भक्तबहादुर पौडेल(४७ बर्ष) रहेको छ भने ठेगाना सिराहा जिल्लाको सिरहा १ उल्लेख छ । उक्त कार्डमा भएको कागजमा उनको छोरा युकेश खत्री (केसी) भन्ने उल्लेख भएको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
आज मध्याह्न करिब १२ बजे उनी विपी प्रतिष्ठानअघिको मृत फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृतको लाश विपी प्रतिष्ठानको शव गृहमा राखिएको छ भने सिरहा प्रहरीलाई पनि हुलियासहित परिवार, आफन्तजनलाई सम्पर्क गर्न पत्राचार गरिएको इलाका प्रहरी कार्यालय धरानका मुद्दा फाँटका असई रमेश कार्कीले जानकारी दिए । मृतक हिजो बेलुका आएर विपी बाहिरको फलैचामा बसेको स्थानीयबासीले जानकारी दिएका छन् ।