धरान: ईलाका प्रहरी कार्यालय धरानले आज लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस(जुन २६) को अवसर पारेरअन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

प्रहरी कार्यालय परिसरमा रहेको कवर्ड हलमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा युवाहरु सहभागी थिए । प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पुर्नस्थापना केन्द्रका संचालक, ,प्यारालिगल कमिटि, लागुऔषधविरुद्ध प्रचारप्रसार समितिका पदाधिकारीहरुलगायत सहभागी रहेका थिए ।