इटहरी:इटहरी उपमहानगपालिका ९ मा एक बालिकामाथि यौन दुर्ब्यवहार भएको पाइएको छ ।
स्थानीय ६ बर्षीया बालिकालाई यौन दुव्र्यवहार गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी समीरचन्द्र खरेलले जानकारी दिए । यौन दुर्ब्यवहार गरेको आरोपमा स्थानीय ३२ बर्षीय देवेन्द्र गौतम पक्राउ परेका छन् । ‘यो घटना असार २ गतेको रहेछ । हामीलाई हिजो मात्र जानकारी आयो,’ खरेलले भने,‘आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
उनका अनुसार गौतम इटहरीमा कोठा भाडामा बस्दै आएका थिए । डीएसपी खरेलले भने,‘हामीले अहिलेसम्म प्रारम्भिक जानकारी पाएअनुसार गौतम सोही घरमा कोठा भाडामा बस्दै आएका रहेछन् ।’ उनलाई आईतबार म्याद थप गरी मुद्दा दायर गरिने डीएसपी खरेलले जानकारी दिए ।