धरान: पाँचौ अन्तराष्ट्रिय योग दिवश धरानमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ ।
दिवशको अवसरमा पतञ्जलि योग समिति तथा महिला पतञ्जलि योग समितिले धरान ३ स्थित आफ्नै भवनमा शुक्रबार योग शिविरको आयोजना गरेको थियो । योग गरौं, निरोगी रहै भन्ने नारालाई घर घरमा पु¥याउने लक्ष्यका साथ पाँचौ अन्तराष्ट्रिय योग दिवश मनाईएको हो । प्रत्येक वर्ष जुन २१ का दिन योग दिवश मनाउने गरिन्छ । योग शिविरमा योग समिति प्रदेश नं.२ का संगठन मन्त्री वद्री राजभण्डारीले योग प्रशिक्षण दिएका थिए । प्रदेश नं. १ का सयोजक तुलसी प्रसाद श्रेष्ठले अगुवाई गरेका थिए ।
धरानमा योग साधनालाई प्रचार प्रसार गर्ने क्रममा प्रभात फेरीको आयोजना गरिएको थियो । साँझ भानुचौकमा दिप प्रज्वलन गर्ने र शनिबार विष्णुपादुकामा आँखा तथा योग शिविरकोसमेत आयोजना गरिएको महिला पतञ्जली योग समिति धरानकी अध्यक्ष चन्द्रा हलुवाईले जानकारी दिइन् । कार्यक्रममा प्रमूख अतिथि एवं प्रदेश सांसद सावित्री जोशीले योग स्वास्थ्यको लागि मात्र नभएर समाजलाई मर्यादित र सुसंस्कृत बनाउन समेत सहयोग पु¥याउदै आएको विचार व्यक्त गरिन् । कार्यक्रमका विशेष अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरानमा पतञ्जलि योग समितिले गरेका कामले नगर विकासमा पनि सहयोग पुगेको वताए ।
अन्तरष्ट्रिय योग दिवश मनाईरहदा यसलाई स्थानीय सरकार र स्वास्थ्य र सामजिक विकासका क्षेत्रमा कार्यरत संघ संस्थाहरुले पनि प्राथमिकला दिनुपर्ने पतञ्जली योग समति धरानका अध्यक्ष सुमन स्थापितले विचार व्यक्त गरे । पाँचौ अन्तराष्ट्रिय योग दिवशलाई भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । उक्त समितिले मिडियाहरुमा प्राथमिकताका साथ योग सम्बन्धी लेख, रचना, सुचना र समाचारलाई प्रथमिकता दिई प्रसारण गर्न अनुरोध गरेको पतञ्जली योग समिति धरानकी सह सचिव शान्ता दाहालले बताइन् ।
पाँचौ अन्तरष्ट्रिय योग दिवश पतञ्जली योग समितिले आफ्नौ भवनमा मनाउन पाएकोमा आयोजकहरुले खुशी व्यक्त गरेका थिए । शिविरमा विभिन्न योग समितिका पदाधिकारीहरु योग साधकहरुको बाक्लो सहभागिता रहेको थियो । प्रदेश नं। १ का संगठन मन्त्री विष्णु प्रसाद आचार्य, महिला पतञ्जली योग समितिकी अध्यक्ष सुशिला उदास, योग समितिका पदाधिकारीहरु, वडाध्यक्ष एवं जनप्रतिनिधिहरु सहित विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।