धरान: धरान उपमहानगरपालिका १४ स्थित तुर्केमा मंगलवार राती करिब ८ बजे छुरा प्रहारबाट एक जना घाईते भएका छन् ।

रातीको समयमा स्थानीय बर्ष २० को रञ्जित तामाङलाई छुरा प्रहार भएको हो । उनलाई सोही स्थानका १९ बर्षीय पारुहाङ राई र टुईके भनिने राजकुमार तामाङले एक्कासी छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट धरान १५(रात्री बसपार्क) र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

छुरा प्रहारबाट घाइते तामाङको शरीरको छाती र ढाडमा चोट लागेको छ । उनको विपी प्रतिष्ठानमा उपचार भईरहेको छ भने घटनामा संग्लग्न राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का आरोपी तत्काल फरार रहेकोले खोजतलास भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।