गर्मी मौसमलाई रोगका लागि जोखिमयुक्त मौसम मानिन्छ । अरु बेला सामान्य रहेका मानिस यो मौसममा बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् । गर्मी बढेसँगै अस्पतालमा विषाक्त खानाको असर, झाडावान्ता, आउँ, टाइफाइड र जन्डिसजस्ता रोगका विरामी बढ्दै गएको राजधानीका अस्पतालले जानकारी दिएका छन् । झाडापखाला बढी भएमा विशेषगरी बच्चामा जलवियोजन भई मिर्गौला फेल हुने हुनाले बच्चा विरामी भएमा बढी सचेत हुन चिकित्सकहरु सुझाउँछन् ।

कसरी बच्ने ?

१, खाना खानुअघि राम्रोसित हात धुने
२, घरवरिपरीको वातावरण सफा राख्ने
३, शौचालय तथा व्यक्तिगत सफाइमा ध्यान दिने
४, सकेसम्म घरबाहिरका खानेकुरा नखाने
५, खानै परे भरपर्दो ठाउँमा मात्र खाने
६, पानी उमालेर या प्रशोधन गरेर मात्र खाने
७, ताजा तथा घरमा राम्रोसित पकाएका खानेकुरा मात्र खाने
८, धेरै समय राखेका खाना नखाने
९, पर्याप्त पानी पिउने
१०, खुला ठाउँमा राखिएका खानेकुरा नखाने

लक्षणहरु

१, झाडापखाला लाग्ने
२, वान्ता हुने
३, पेट दुख्ने
४, ज्वरो आउने
५, खान मन नलाग्ने