पथरी : अविरल वर्षाका कारण मोरङ्गको पथरीशनिश्चरे ५ हसन्दहको अमरसिंह माविको क्षेत्रका १३ घर डुवानमा परेका छन् ।

स्थानीय पथरीखोला र अन्य साना होलीमा बढेको पानीले धार छोडेर हसन्दहको स्कुल क्षेत्रमा परेको हो । डुवानले असर परेका १३ घरलाई अन्यत्रै भने सारीएको छैन् । पथरीशनिश्चरे ५ का वडाअध्यक्ष जोग बहादुर धिमालका अनुुसार सोही वडाको सुगाक्षेत्रमा वक्राह खोलामा गरिएको तटवन्धनको २ वटा स्पोर भने वक्राह खोलाले भत्काएको छ ।

बक्राह खोलाले स्पोर भत्काए पनि खोलाले कुनै क्षति भने गरेको छैन । यता पथरीशनिश्चरे ३ को येले मैदानमा भने वक्राहको एक भङ्गालो पसेको छ । भङ्गलो पसेपनि कुनै क्षती नभएको सो वडाका अध्यक्ष डम्वर चेम्जोङले जानकारी दिए ।

तस्बिर क्याप्सन: सुनसरीको इटहरीको डुबानक्षेत्र ।