झापा: झापाको विर्तामोडस्थित हनुमान सेन्ट्रलमा आगलागी भएको छ ।

हनुमान सेन्ट्रलको तल्लो तहमा रहेको जुत्ता पसलबाट आगो शुरु भएको बताइएको छ । अहिले बिर्तामोड र मेचिनगरका दमकलले आगि नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणको लागि थप दमकल बोलाइएको र स्थानीयले पनि प्रयास जारी राखेका छन् । विर्तामोडको व्यवसायिक भवनमा कम्तीमा २ सय पसलहरु सञ्चालनमा रहेको छ ।