खोटाङ: खोटाङ बराहपोखरी गाउँपालिका ४ का ६० बर्षीय खड्ग बहादुर राई मृत अवस्थामा फेला परेका छन् ।

राई हिजो नजिकै रहेको बजार एरियामा गएको र राति अबेरसम्म पनि घर फर्की नआएछी खोजी गर्ने क्रममा स्थानीय र आफन्तले आज बिहान साढे ८ बजे उनको शव फेला पारेका थिए । बराह पोखरी घोरिंखाका प्रताप राईको खेत बारीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरी चौकी हुक्नाजोरले जनाएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएर कानुनी प्रकृया तथा अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।