संखुवासभा: संखुवासभाको धर्मदेवी नगरपालिका ३ का धनराम अधिकारीको ४ बर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान ९: ४० बजेको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारीतर्फ जाँदै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटिएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।