पथरी: मोरङको कानेपोखरीमा झुण्डिएको अवस्थमा भेटिएको महिलाको शवको पहिचान खुलेको छ ।

मृतक सुन्दरहरैचा १२ की ३१ बर्षीय अञ्जु खड्का भएको खुलेको हो । उनको श्रीमान् वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा छन् । धनकुटाको मुलघाट माइती भएकी मृतक खड्का २ सन्तानकी आमा हुन् । उनी हिजो शुक्रबार घरबाट हराएकी थिइन् ।

उनको शव मोरङको कानेपोखरी गाउँपालिका ६ बिहिवारे जाने बाटोमा राजमार्गदेखि करिब ३ सय मिटर दक्षिणमा झुण्डिएको अवस्थामा फेला परेको थियो । मृतकको शवलाई हाल मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ।