झुम्का: दुर्घटनामा परेका रामधुनी ६ बस्ने १२ बर्षीय बालक आयुष चौधरीलाई उपचारका लागी सहयोग प्रदान भएको छ ।

रामधुनी बचत समुह दोहा कतारबाट उनलाई सहयोग आएको हो । पीडित बालकका अभिभावक हरहु चौधरीलार्ई सहयोग रकम ४० हजार आज शनिबार हस्तान्तरण गरिएको छ । समुहको रामधुनीमा रहेका परिवारका सहयोगीहरु रामधुनी २ का बबिता चौधरी, ममता चौधरी, सुकमैन चौधरी, शर्मिला चौधरी, रमिता चौधरी, नीलम चौधरी लगायतले पीडित परिवारलाई सहयोग रकम हस्तानतरण गरेका थिए ।

donationn

कार्यक्रममा रामधुनी नपा वडा नंं ९ का वडा सदस्य लक्ष्मी चौधरी, सम्झना चौधरी, सञ्चारकर्मी धिरेन्द्र कुमार चौधरी, निशान प्रकृति थारु लगायतका सहभागिता रहेको थियो । विपन्न परीबारका १२ बर्षीय आयुष चौधरी आफनै घरको आङनमा रहेको लतामको रुखमा चढेर फल टिप्न खोज्दा लडेर घाईते भएका थिए । बालकको मलद्धारबाट पेटसम्म बाँसको टुक्रा घोचिएको थियो । उनको धरानस्थित विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भएको छ ।

कतारमा बैदेशिक रोजगारमा रहेका रामधुनीका मनोज चौधरी, दिलिप चौधरी, गुलाब चौधरी, पृथ्वीलाल चौधरी, उपेन्द्र चौधरी, महेश चौधरी, बिजय चौधरी, चन्दन चौधरी, अशोक चौधरी लगायत सुनसरीका ३३ जना संस्थामा आबद्ध रहेको छ । संस्थाले बिपदमा परेका नेपालीहरुलाई सहयोग प्रदान गर्दै आईरहेको छ ।