इटहरी: सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका वडा नं. ३ का ३२ बर्षीय अनमोल मुखियाको हात्तीको आक्रमणबाट मृत्यु भएको स्थानीय पत्रकार मिकाइल आलमले जानकारी दिए । उनका अनुसार स्थानीय खहरे खोलामा माछा मार्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । घटनास्थलमै मृत्यु भएका मुखियाको शब अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।