धरान (डेस्क) : संखुवासभामा निर्माणाधिन ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुरको राते खोलामा डुबेर मृत्यु भएको छ।

खोलामा डुबेर खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ का ३५ बर्षीय दिलिप थापाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । निमार्णाधिन अरुण तेस्रोको ड्याम साइड मकालु गाउँपालिका-५ मा कार्यरत मजदुरको शनिबार पौडि खेल्ने क्रममा अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  थापाको शव सदरमुकाम खाँदबारीबाट परिवारको जिम्मा लगाइने जनाएको छ ।