सुनसरी: हिजो(सोमबार) साँझ सुनसरीको कोशी गाउँपालिका ४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
साँझ साँढे ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुई वटै मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको थियो । उपचारको क्रममा को २२ प ८०४९ नम्बरका मोटरसाईकल चालक उदयपुरको तपेश्वरका ५० बर्षीय निरीराज गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सोही मोटरसाईकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका २ का ५० बर्षीय भक्त बहादुर बिष्ट, को २९ प ७८५३ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका ४ का २३ बर्षीय सबिर आलमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने को २९ प ७८५३ नम्बरको मोटरसाईकलमा पछाडी सवार रहेका ईनरुवा नगरपालिका ४ का ३३ बर्षीय रियाज मियाको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।