झापा: झापाको दमक ६ मा रहेको डि म्याक्स सिनेमाको भवनमा रहेको लिफ्टमा च्यापिएर एकजना गम्भिर घाईते भएका छन् ।

आज बिहान करिब पौने ९ बजेको समयमा उनी लिफ्टमा च्यापिएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । लिफ्टमा च्यापिने ब्याक्रीको तत्काल नाम थर बतन नखुलेको दमक प्रहरीले जनाएको छ । अवस्था गम्भिर रहेकाले उनलाई उपचारका लागि अहिले बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जानकारी दिएको छ ।