उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ११ बाट लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ का २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको हो । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई आज बिहान ८ बजे प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।