झापा: झापाको दमक ६ मा निर्माणाधिन डि म्याक्स कम्प्लेक्सको लिफ्टमा च्यापिएर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ ।

मृतक पाँचथर घर भएपनि दमकमा बस्दै आएका ३० बर्षीय सन्तोष मगर भएको प्रहरीले जनाएको छ । उनी मजदुरी गर्थे । कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले उनलाई थिचेको थियो । बिहान करिब साढे ८ बजे भएको घटना हो । उनी लिफ्ट मर्मत गरिरहदा अचानक चलेर थिचेको थियो ।

घाइतेलाई तत्काल दमकस्थित लाइफलाइन अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइए पनि निधन भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।