सुनसरी: सुनसरीको दुहबी नगरपालिका ३ मा रहेको पशुपति खाद्य फ्याक्ट्रीमा काम गर्ने सुनसरीको दुहबी नगरपालिका ११ तनमुना बस्ने अंदाजी २४ को पवन पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजेको समयमा फ्याक्ट्रीको टिनको तेल चार पट्टिबाट कभर गर्ने मेसिनमा काम गर्ने क्रममा अचानक विद्युत तार सर्ट भई करेन्ट लागेर उनी गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी बिराट मेडिकल कलेज पठाइएको थियो । उपचारको क्रममा साँझ पौने ५ बजेको समयमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान कार्य गरिरहेको उक्त कार्यालयले जनाएको छ।