सोलु: सोलुखुम्बु दुधकुण्ड नगरपालिका ९ का २१ बर्षिय सोमे तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो राती साढे १० बजे ओखलढुङ्गाबाट बालुवा लिएर भित्री सडकखण्ड हुदै सोलु दुधकुण्डतर्फ आउदै गरेको ना ६ त २४६० नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुधकुण्ड गोरामा सडकबाट अन्दाजी १०० मिटर तल खस्दा चालक तामाङको घटनास्थलमै मृत्यु हो । घटनाबारे आज बिहान ८ बजे प्रहरी चौकी केरुङमा खबर पुगेपछि प्रहरी टोली खटिएर कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।