मोरङ: मोरङको ग्रामथान गाउँपालिका ५ कखरमारीस्थित सडकखण्डमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो २ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को १ ख २७८५ नम्बरको बसले सोही स्थानका ५३ बर्षीय जनकलाल बिश्वासलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईतेलाई उपचारको लागी बिराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा साढे २ बजेको समयमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस, बस चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।