सुनसरी: सुनसरीको दुहबी नगरपालिका ८ स्थित मैदा मिल फ्याक्ट्रीमा कामदारको रुपमा काम गर्दै आएका एक मजदुरको लडेर आज मृत्यु भएको छ ।

सप्तरी घर भएका अन्दाजी ४८ बर्षीय चन्देश्वर मण्डलको काम गर्ने क्रममा अचानक लडेर मृत्यु भएको हो । आज बिहान साढे ११ बजे फ्याक्ट्रिको अंदाजी १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेशिन(पंखा) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भिर घाईते भएका थिए । घटनास्थलमा खटिएको सि.आर.भि. सोनापुरको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पुर्याएको थियो । उपचारको क्रममा सवा १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।