पथरी: तिहारलाई लक्षित गर्दै इलाका पथरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीमा शनिबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी तिहारको लागि ल्याएको २१ थान पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले नियन्त्रणमा लिएको एकसय लिटर घरेलु मदिरा समेत नष्ट गरेको हो । प्रहरीले कानेपोखरी लेटाङ्ग सडक खण्डबाट सो परिमाणको मदिरा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी अधिकारीले जानकारीदिए ।

अधिकारीले चाडपर्वमा होहल्ला गर्ने, जुवातास खेल्नेविरुद्ध कारवाही गरिने र पथरी आसपासमा सुरक्षाको लागी विषेश टोली तयार गरिएको पनि जानकारी दिए । चाडपर्वका बेला अपराध बढ्नसक्ने तर्फ प्रहरी चनाखो रहेको उनको भनाइ थियो ।

यसैबीच, प्रहरीले लागुपदार्थ व्राउन सुगरसहित एक युवालाई पथरीवाट नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरे १ वस्ने २५ वर्षिय सुरेन लिम्वुलाई प्रहरीले २२ पोकय व्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको अधिकारीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका लिम्वुलाई लागुऔषध ऐन अन्तरगत मुद्दा चलाइएको उनले जानकारी दिए ।