संखुवासभा: संखुवासभाको धर्मदेबी नगरपालिका ७ आलेका ४५ बर्षीय देबीमाया मगरको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे गाई, बाख्रा चराउन हिडेकी उनी साँझसम्म घर फर्केर नआए पछि आफन्तहरुले खोजि गर्दै जाने क्रममा सोही स्थानमा रहेको मारुनी भीरबाट अंदाजी १०० मिटर तल मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे ईलाका प्रहरी कार्यालय आखिँभुईमा जानकारी गराउनासाथ तत्काल घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । कानुनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।