मोरङ : मोरङको बेलबारी नगरपालिका ६ बनौलमा आईतबार पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । साँझ ६ बजे सोही ठाउँका शुदर्शन गच्छेदारको २ बर्षीय छोरा सदन गच्छेदार खेल्ने क्रममा छिमेकी बलबहादुर गच्छेदारको पोखरीमा डुबेका थिए ।

पोखरीमा डुबेर गम्भीर घाइते बनेका बालकलाई उपचारको लागि बिएमसी अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।