धरान : सुनसरी सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगेबाट प्रहरीले गएराती कौडा सहित २३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा बाङगेस्थित स्थानीय गिता दाहालको घरमा जुवा खेलिरहेको छ भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ५ कालाबन्जार बस्ने पूर्ण थापा सहित २३ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले कौडा सहित नगद १ लाख ५६ हजार २ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई इलाकाप्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।