बराहक्षेत्र: सुनसरी बराहक्षेत्र वडा नम्बर १ सशस्त्र प्रहरी पोस्ट चतराले मंगलबार मध्यराती घाइते भएको हरिणलाई उद्दार गरेको छ ।

मध्यराती करिब साढे १ बजेतिर बाटोमा निस्केको हरिणलाई गाडीले ठक्कर दिदा गम्भीर घाइते भएको थियो । घाइते हरिणलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोस्ट चतराले उद्दार गरिएको सशस्त्र प्रहरी निरीक्षक अशोक न्यैपाने बताए । न्यैपानेका अनुसार मध्यरातको समय गाडीले ठक्कर दिएर गाडी फरार भएको र ठक्कर दिएको केही समय मोटरसाइकलमा उक्त हरिण लैजान खोज्दा हरिण कराएको आवज आएपछि थाह पाएको बताए । उनका अनुसार डिउटिमा खटिएको जवानले घाइते हरिण लैजान लागेको देखेपछि लखेटेका थिए । तर, मोटरसाइकल चालक फरार भएको न्यैपानेले बताए ।

harin1

करिब ३० केजी अनुमान गरिएको उक्त हरिणको ४ वटा खुट्टा भचिएको छ भने शरीर भरि चोट लगेको छ। उक्त हरिण लाई औलिया सामुदायिक बनका अध्यक्ष सब डिभिजन बन कार्यालय चतराका अधिकृत शिवलाल बि क, पत्रकार लगायतको उपस्थितिमा सशस्त्र प्रहरी बल सुरक्षा पोस्ट चतराले सब डिभिजन बन कार्यालयलाई बुझाएको हो। हरिणको उपचार कोशी टापु बन्यजन्तु आरक्षणमा लगेर उपचार गर्ने सब डिभिजन बन कार्यालय चतराका अधिकृत शिवलाल बिकले बताए ।