उदयपुर : सिरहा सुखिपुर ९ बस्ने ३० वर्षीय अबिन ठाकुरको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार साँझ ५ बजे उदयपुरको त्रियुगा नगरपालिका चुवाडे नमुना चोक स्थित स २ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडी सवार रहेका ठाकुर गम्भिर घाईते भएका थिए ।

उनको उपचारको क्रममा बेलुका सवा ६ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सिरहाबाट उदयपुरको जलजले तर्फ आउँदै गर्दा उक्त स्थानमा मोटरसाईकल दुर्घटना भएको हो । मोटरसाईकल र चालक सिरहा लहान १७ बस्ने दुर्गानन्द वि.क. जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।