बराहक्षेत्र: तिहारको अवसरमा बराहक्षेत्र नगरपालिका ३ स्थित नडाहामा रहेको किमुलिसा क्लबका नयाँ पुस्ताले देउसी खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेको छ ।

क्लबको नयाँ पुस्ताले देउसी खेल्ने क्रममा १ लाख २७ हजार ६ सय ६० आर्थिक संकलन गरेको थियो । उक्त कार्यक्रम गर्दा १० हजार खर्च छुटाएको र नपुग पुरानो बचत रकमबाट खर्च गर्ने गरि १ लाख १७ हजार ६ सय ६० बचत गर्न सफल भएको थियो । क्लबले सदस्य तथा गायक बराहक्षेत्र ३ जलुवका बिवेक लिम्बुलाई शारीरिक समस्य भएकोले एक दिने देउसी भैलो कार्यक्रमबाट उठेको रकमको आधा ५८ हजार ८ सय ३० सहयोग गरेको किमुलिसा क्लब बराहक्षेत्रका नयाँ पुस्ताका संयोजक लोकेन्द्र एभेंगले जानकारी दिए ।

nadahaa

क्लब अध्यक्ष रनाङ्ग लिम्बु, वडा अध्यक्ष रुद्र दाहालसहित सदस्यहरुको उपस्थितिमा बिवेक लिम्बुको घर गइ आज ५८ हजार ८ सय ३० नयाँ पुस्ताका संयोजक एभेंग, वडा अध्यक्ष रुद्र दाहाल र अध्यक्ष रनाङ्ग लिम्बुले रकम शुक्रबार हस्तान्तरण गरेको हो । बाँकी रकम भने नडाहामा बन्न लागेको अस्थाई प्रहरी चौकीलाई हस्तान्तरण गर्ने उनले बताए । २०४९ सालमा स्थापना भएको किमुलिसा क्लबको नयाँ पुस्ताका युवाहरुले गत सालदेखि देउसी भैलो खेल्दै आइरहेको छन् ।