सुनसरी: श्रद्धा र निष्ठाका साथ मनाइने छठ पर्वको घाटको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्तिक शुक्ल चर्तुदशीदेखि सप्तमी चार दिनसम्म मनाइने छठ पर्वको लागि पुजा घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । विगत २७ वर्ष अघिदेखि इटहरीको बुढीखोलामा पनि छठपर्व मनाउदै आइएको तथा यस वर्षको तयारी अन्तिम चरणमा पुगेको छठपर्व सेवा समिति इटहरीका गौरी शंकर साहले जानकारी दिए । छठपर्व मनाउने क्रममा हरेक वर्ष श्रद्धालु भक्तजनहरुको संख्या वढी रहेको कारण पुजा घाटको संख्या पनि वढी रहेको उनले बताए । सुर्य देवताको विशेष उपसना गरी मनाउने छठ पर्वको अवसर पारेर इटहरीमा सुर्य देवताको मन्दिर समेत निर्माण गरी प्राण प्रतिष्ठा गरीएको छ ।

पाँच दश जनाले व्रत वस्ने गरेकोमा अहिले आएर ४ सय जना भन्दा वढी ब्रतालुहरुले विधिपुर्वक पुजा अर्चना गर्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष ३ सय २७ जनाले पुजा घाट मार्फत पुजा अर्चना गरेका थिए भने यस पटक ४सय ६० पुजा घाट रहने छठ सेवा समितिले जनाएको छ । सुर्यको उपसना गरी मनाइने यो पर्व केही वर्ष यता तराईका जिल्लाहरुमा विशेष पर्वको रुपमा मनाउन थालीएको छ । उदाउदै सुर्य र अस्ताउदो सुर्यको विशेष उपसनासहित अर्घ दिएर गरीने पुजाको विशेष महत्व रहने गरेको छ । छठको व्रत वस्दा तथा छठ माताको आस्था सहित फलफुल चढाउनाले मनोकाक्षा पुरा हुने विश्वास गरीन्छ ।

xatha

छठ विशेष गरी नदी, खोला तथा जलाशयहरुको किनारमा गरीने पुजा स्थान वनाइ पुजा गरीने गरीएको छ । छठ पुजाका लागि दशै समाप्त भए लगतै देखि स्थान छनौट हुने गर्ने गरीन्छ । छठपर्व हरेक वर्ष भाइटिकाका सकिएको एक दिनपछि विधिवत रुपमा सुरु हुन्छ । चार दिनसम्म मनाइने यो पर्वमा पहिलो दिन व्रतालुले नुहाएर चोखिएर शाहाकारी भोजन गरी व्रत प्रारम्भ गर्दछ। दोस्रो दिनलाई खरना भनिन्छ । यो दिन गोवरले लिपपोत गरी व्रतालुले गोप्य रुपमा पुजा गर्ने गर्दछन । व्रतालु पुजामा व्यस्त रहेको समयमा आफन्त तथा श्रदालुहरु वाहिर पर्खि वस्दछन । पुजापछि व्रतालु आफुले प्रसाद ग्रहण गरी अरुलाई प्रसाद वाड्ने गरिन्छ । तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ दिने र चौथो दिन अर्थात समापनको दिन विहान उदाउदो सुर्यलाई विधिवत रुपमा अर्घ दिएर छठ मनाउने परम्परा रहेको छ ।