धरान : प्रहरीले धरान-२० श्रम संस्कृति पार्क नजिकैको जङ्गलबाट ७२ केजी गाँजा सहित ५ जनालाई आइतबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले उनिहरुलई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रञ्जित राई धरान-१३ का ३१ वर्षीय सन्तोष राई छन् । यस्तै धनकुटा सहिदभूमि गाउँपालिका-३ घर भई हाल इटहरी-१० बस्ने ३४ वर्षीय प्रदीप राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट कालो प्लास्टिकमा राखिएको ६ पोका गाँजा बरामद भएको हो । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।