धरान : धरानको कौडिन्य गोत्री आचार्य महिला समाजले देउसीभैलो कार्यक्रमको आयोजना गरी संकलन गरेको केही रकमबाट शुक्रबार इटहरी २ स्थित रहेको मायाघरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

कौडिन्य गोत्री आचार्य महिला समाजले पन्ध्र हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री मायाघरलाई हस्तान्तरण गरेको जनाएको छ । मायाघरकी भागवत मञ्जरी राधिका दासीले उक्त सामाग्रीहरु ग्रहण गर्दै आचार्य महिला समाजलाई धन्यवाद दिइन् । साथै सम्मान स्वरुप समाजकी अध्यक्ष अम्बिका आचार्यलाई मायाको चिनो प्रदान गरिन् । अध्यक्ष आचार्यले उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने कौडिन्य गोत्री आचार्य महिला समाजका सम्पुर्ण सदस्यहरू लगायत देउसी भैलोमा दक्षिणा दिनु हुने धरानका सम्पूर्ण आचार्य परिवारलाई धन्यवाद दिएकी थिइन् ।

2