झापा: झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित एक सामुदायिक वन नजिकै माछा मार्ने क्रममा करेण्ट लागेर आज बिहानै दुईजनाको ज्यान गएको छ ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा उत्तरी झापाको बुद्धशान्तिमा मामा–भान्जाको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका ४ को नवज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै माछा मार्ने क्रममा स्थानीय १८ वर्षीय अभिनास राई र भोजपुरबाट पाहुना आएका उनका मामा अन्दाजी ३५ वर्षीय मनिराम राईको आज बिहानै ज्यान गएको हो । हात्तीको उपद्रो रोक्नका लागि उक्त सामुदायिक वन हाताभित्र विद्युतीय तारबार लगाइएको थियो । त्यही तारबारको करेन्टमा परेर उनीहरुको ज्यान जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।